सरकारी जागिर छोडेर प्युठान नौबहिनी गाउँपालिकाको उपाध्यक्षमा : बिस्ना थापा

नौबहिनी गाउँपालिका वडा नम्बर ६ निवासी ३९ वर्षीया विष्णा थापाले ११ वर्ष स्वास्थ्य क्षेत्रमा काम गरिन् । लुङ बाहाने बजारस्थित घर नजिकैको सामुदायिक स्वास्थ्य इकाइमा उनी अनमी पदमा कार्यरत थिइन् ।

अब उनको परिचय बदलिएको छ। थापा गाउँपालिका उपाध्यक्षमा विजयी भएकी छिन् । उपाध्यक्ष पदमा उनी सोमवार पदवहाली भइन् । एउटा स्वास्थ्य इकाइको मात्र होइन, अब उनको काँधमा सिंगो गाउँपालिकाकै स्वास्थ्य लगायत क्षेत्रको परिवर्तन गर्ने जिम्मेवारी आएको छ। प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका धन बहादुर बुढामगरलाई ६ सय ९७ मतको अन्तरले थापा उपाध्यक्षमा विजयी भइन् । उनले ६ हजार ३ सय ४ र बुढामगरले ५ हजार ६ सय ७ मत लिएका छन्। बुढामगर निवर्तमान गाउँपालिका उपाध्यक्ष थिए। नेपाली कांग्रेस र माओवादीको यहाँ गठवन्धन थियो । एमाले एक्लै लड्दा पनि थापा विजयी भएकी हुन् ।

स्वास्थ्य क्षेत्रलाई नजिकबाट बुझेकी थापाको पहिलो अठोट सिंगो नौवहिनी क्षेत्रके स्वास्थ्यमा परिवर्तन ल्याउने छ । यति लामो समय स्वास्थ्य क्षेत्रमै नजिक रहेर काम गर्ने अवसर पाएँ थापाले भनिन्, हाम्रो

गाउँपालिकामा स्वास्थ्य लगायत धेरै समस्या छन् समस्यालाई सुधार गर्नेतर्फ हाम्रो प्राथमिकतामा हुनेछ ।'

एम्बुलेन्स विहीन गाउँपालिकामा पहिलो प्राथमिकतामै एम्बुलेन्स खरिद गर्ने योजना बनाएको उनले सुनाइन्। नीवहिनी जिल्लाक दुर्गम क्षेत्रमा पर्ने गाउँपालिका भएकाले यसलाई सुगमको बाटोमा लैजानका लागि नीति, कार्यक्रम र बजेटलाई जोड दिने उनले प्रतिक्रिया दिइन्।

यसअधि गाउँपालिकामा उपाध्यक्ष पदमा पुरुष भएकाले यसपाली आफ्नो उपस्थितीले धेरै महिलाहरूको अनुहारमा खुसी थपिएको समेत उनले अनुभव सुनाइन् आय आर्जनका कार्यक्रम मार्फत महिलाहरुको जीवनस्तरमा परिवर्तन ल्याउने र लक्षित वर्गमा फुले गरी अनुदान वितरण गर्ने कामलाई विशेष जोडका साथ अघि बढाइने उनले योजना सुनाइन । गाउँपालिकाको समग्र विकासमा सवैले रचनात्मक सहयोग गर्न समेत उनले गाउँपालिकाबासीलाई आग्रह गरिन् नेपाली कांग्रेस र माओवादी केन्द्रको संयुक्त सरकार रहेको नौवहिनीमा यसपाली बहुमत वडा सहित गाउँपालिका अध्यक्ष, उपाध्यक्ष एमालेले जितेको छ। गाउँपालिका अध्यक्षमा यस क्षेत्रके पुराना एमाले नेता दिलबहादुर थापा विजयी भएका छन् ।

Powered by Blogger.