असहायलाई १२ कक्षासम्म निशुल्क शिक्षा र पालिका क्षेत्रभित्र २० युनिट सम्मको बिधुत महशुल छुट
नौबहिनी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय बहाने प्यूठानका नवनिर्वाचित अध्यक्ष दिल बहादुर थापा र बिस्ना थापाद्वारा नौबहिनी गाउँपालिका क्षेत्र भित्र २० युनिट भन्दा कम बिधुत खपत गर्ने ग्राहकहरुलाई गाउँपालिकाको तर्फबाट बिधुत महसुल भुक्तानी गर्ने र नौबहिनी गाउँपालिका क्षेत्रभित्रका असहाय बालबालिकाहरुलाई कक्षा १२ सम्म निशुल्क रुपमा शिक्षा प्रदान गर्ने जनप्रतिनिधिको पहिलो निर्णय सहित सपथ ग्रहण सम्पन्न भएको छ।
